बेयरिष्टोको आक्रमक शतकमा इङ्ल्यान्डको जित
baahrakhari.com · Tue Jun 14 17:53:00 GMT 2022
काठमाडौं । जोनी बेयरिष्टोले आक्रमक शतक बनाएपछि इङ्ल्यान्डले मंगलबार न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्टमा पाँच विकेटकाे विजय हासिल गरेको छ । जितसँगै इङ्ल्यान्डले तीन खेलको टेष्ट शृंखला २–० ले जितेको छ ।
नटिङ्घमस्थित ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा न्युजिल्यान्डले २२४/७ को स्थितिबाट पाँचौँ दिनको सुरुआत गरेको थियो । न्युजिल्यान्डका डरेल मिचेल ३२ र एमजे हेनरी ८ रन बनाएर क्रिजमा थिए । न्युजिल्यान्डले २८४ रन जोड्दा बाँकी विकेट गुमाएको थियो । त्यसपछि इङ्ल्यान्डले जितका लागि २९९ रनको लक्ष्य पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)