गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
ratopati.com · Thu Jun 11 10:40:55 GMT 2026

काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट गुण्डागर्दीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची घर भएका श्याम लामा छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
उनले बौद्ध, थली र मुलपानी क्षेत्रमा गुण्डागर्दी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)