सर्वोच्चका न्यायाधीशको द्वन्द्व छताछुल्ल
onlinekhabar.com · Mon May 18 15:09:37 GMT 2026

४ जेठ, काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार सर्वोच्च अदालत प्रशासनमा अलपत्र परेका केही रिट र निवेदनहरू तत्काल दर्ता गर्नु भनेर आदेश दिइन् । कामु प्रधानन्यायाधीशको लिखित आदेश र त्यससलगत्तै न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरू कार्यकक्ष छाडेर हिडेको घटनाले मुलुकको न्यायिक वृत्त सोमबार दिनभर तरंगित भइरह्यो ।
यस्तै घटनाक्रमपछि कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले अपरान्ह आकस्मिक बैठक डाक्यो र निर्णयमा भन्यो, ‘अदालत प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोध सहित जेठ ५ गते दिनको १.१५ बजे नेपाल बार प्राङ्गणमा लालटीन बालेर न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)