मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ

annapurnapost.com · Thu Jun 11 10:33:40 GMT 2026

काठमाडौं : वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ नारायणथानका ३४ वर्षीय टाइसन लामा रहेका छन्। लामाले काठमाडौं महानगरपालिका-६ बौद्ध सानो टुसालका ७९ वर्षीय वृद्धलाई कैंचीले प्रहार गरी घाइते बनाएका थिए।

तत्काल स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीबाट सामान्य उपचारपश्चात् थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय