विप्लवका विद्यार्थी नेता पक्राउ
janaaastha.com · Sun Jan 17 17:37:16 UTC 2021
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मदन चन्द पक्राउ परेका छन् । आइतबार दिउँसो गोङ्गबू चोकमा रहेको रेड चिल्ली क्याफेबाट चन्दलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले महानगरीय प्रहरी प्रभागमा राखिएको छ ।
गत बुधबार विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका थिए । बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहले शनिबार देशव्यापी विरोध जुलुसको घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)