प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेको घरमा ढुङ्गा प्रहार गर्ने तीन जना पक्राउ
barnanmedia.com · Fri Oct 31 22:35:56 GMT 2025

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेशीसहरस्थित घरमा गए राति भएको ढुङ्गा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बेशीसहर–८ का आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर–१० निवासी योगेश तामाङ रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाहरू सबै करिब २० वर्ष उमेर समूहका रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)