सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए
barnanmedia.com · Fri Oct 31 23:14:59 GMT 2025

लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् ।
आज बिहान ८ः ०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७८ हजार २३० क्युसेक पानीको प्रवाह हुँदा १३ ढोका खोलिएको थियो । दिउँसो १२ बजे मापन गर्दा प्रवाह प्रतिसेकेन्ड ९२ हजार १३० क्युसेक, अपराह्न ४ः ०० बजे १ लाख २८ हजार ११५ क्युसेक र बेलुका ८ः ०० बजे १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)