बागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचन : केही बेरमा मतदान हुँदै, कसले मार्ला बाजी?
pahilopost.com · Thu May 20 00:49:56 GMT 2021
हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि आज मतदान हुँदैछ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयोगले हेटौँडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट भएको र निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो।
हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)