बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनानेतृत्वको सरकारका मन्त्रीहरू पक्राउ
barnanmedia.com · Tue Aug 06 21:51:47 UTC 2024

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना बाजेद नेतृत्वको सरकारका मन्त्रीहरू पक्राउ परेका छन् । उनीहरूलाई देश छाडेर भाग्न लाग्दै गर्दा पक्राउ गरिएको हो ।
देश छाड्नका लागि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरूलाई पक्राउ गरेर सेनालाई बुझाइएको छ । सो क्रममा पूर्वविदेशमन्त्री हसन महमुद र पूर्वसञ्चार राज्यमन्त्री जुनैद अहमद पलक समातिएका छन्। तर, पूर्वशिक्षामन्त्री मोहीबुल हसन चौधरी, ग्रामीण विकासमन्त्री तजुल इस्लाम, वित्तमन्त्री अबुल हसन महमुद अली, खेलकुद मन्त्री नजमुल हसनलगायतलाई भने विदेश जान दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)