क्रिकेट खेलाडीको तलब १ लाख आसपास पुर्याउँछुः चतुरबहादुर चन्द (भिडियो)
shilapatra.com · Fri Sep 29 18:15:00 GMT 2023
नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको पारिश्रमिक र सेवासुविधा बढाउने बताएका छन् । शिलापत्र सँगको संवादमा उनले राष्ट्रिय टिमका क्रिकेटरको तलब मासिक एक लाख रुपैयाँ आसपास पुर्याउने बताए ।
‘महिनाको ५ हजारबाट सुरु भएर क्रिकेट खेलाडीको तलब अहिले ६० हजारसम्म भएको छ, सन् २०२४ पछि यसलाई पनि हामी बढाउँछौँ’, उनले भने । खेलाडीलाई प्रोत्साहन गर्दै अघि बढ्ने नीति क्यानले लिएकाे उनकाे भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)