ठगी आरोपमा छ जना पक्राउ
gorkhapatraonline.com · Sat Jan 07 00:53:53 GMT 2023
काठमाडौँ, पुस २३ गते ।
विभिन्न नाममा नेपाली तथा विदेशी नागरिकलाई समेत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम घर भई हाल काठमाडौँको चाबहिलमा बस्दै आएका पृथ्वीबहादुर शाह, अछाम घर भई चाबहिलमै बस्दै आएका विजयविक्रम शाह, जाजरकोट घर भई चाबहिल बस्दै आएका चक्रबहादुर खत्री, दोलखा घर भई बूढानीलकण्ठ बस्दै आएका अनुप खड्का, नवलपरासी (पश्चिम) घर भई बूढानीलकण्ठ बस्दै आएका रुकमाङ्गत काफ्ले र अछाम घर भई चन्द्रागिरि बस्दै आएका रङ्गबहादुर साउद रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)