दुई सहसचिव सचिवमा र डिआइजी रामदत्त जोशी एआइजीमा बढुवा : मन्त्रिपरिषद बैठक
barnanmedia.com · Tue Aug 06 21:56:07 UTC 2024

मन्त्रिपरिषदको बैठकले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।
मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि पत्रकारसँग भन्नुभयो, “नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)