मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले विश्वासको मत २६ गते लिने, राष्ट्रपतिको चुनाव चाँडै

annapurnapost.com · Tue Jan 03 00:56:00 GMT 2023

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यस्तै दाहालले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। उनले सोमबार आयोगका पदाधिकारीसँग यो विषयमा छलफल गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेलाई संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिसकेकी छन्। त्यसको भोलिपल्ट प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री दाहालले सूचना गरेको संघीय संसद् सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्रीले पत्राचार गरी कार्यसूचीमा समावेश गरिदिन आग्रह गर्नुभएको छ’, संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौं।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)