काभ्रे भुग्देउका ५ सय घरधुरीमा पुग्यो खानेपानी
ekantipur.com · Sat Jul 29 16:45:53 GMT 2023
काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिका-६ स्थित भुग्देउका करिब ५ सय घरधुरीमा खानेपानी पुगेको छ । भुग्देउमा महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्तासँगको साझेदारीमा सञ्चालित परियोजनाबाट भुग्देउका घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरु गरी करिब ५ सय घरधुरीमा खानेपानी सुविधा पुगेको हो ।
त्यहाँ खानेपानी पुर्याउन नेवाको आर्थिक तथा प्राविधिक सहयोग र बेथानचोक गाउँपालिकाले सहकार्य गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)