मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपाको वैधानिक विभाजन तत्काललाई टर्‍यो

ekantipur.com · Tue Jul 05 00:44:14 GMT 2022

काठमाडौँ — जसपा अध्यक्ष उपेन्द्र यादवले आफूविरुद्ध उत्रिएका सांसदलाई मन्त्री बनाएर कानुनी रूपमा पार्टी विभाजनको जोखिम तत्काललाई टारेका छन् । यादवसँग असन्तुष्ट समूहलाई लिएर संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी विभाजन गर्न खोजिरहेका बेला यादवले सोमबार मन्त्री हेरफेर गरेका छन् ।

पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने हुन्छ । सरकारले यसअघि एमाले र जसपा विभाजनकै लागि राजनीतिक दल विभाजनसम्बन्धी ऐनको प्रावधान संशोधन गर्दै पार्टी वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत संख्या पुर्‍याए पुग्ने प्रावधानसहित अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अहिले निष्क्रिय भइसकेको छ । मन्त्री फेरबदलपछि भट्टराईले वैधानिक रूपमा पार्टी विभाजन गर्ने सम्भावना कमजोर बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)