बिहीबारदेखि झरी थामिने आकलन
nayapatrikadaily.com · Wed Aug 03 17:13:00 GMT 2022
तीन दिनयता परिरहेको झरी बिहीबारबाट रोकिने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार वर्षा भए पनि झरीको सम्भावना कम छ । ‘पूर्वभन्दा पश्चिममा केही धेरै वर्षा हुन सक्ने देखिएको छ । योक्रम अझै एक–दुई दिनसम्म रहनेछ,’ नगरकोटीले नयाँ पत्रिकासँग भनिन् ।
मनसुनको न्यूनचापीय रेखा पूर्वमा औसतभन्दा दक्षिण (भारत)मा छ । त्यसैले त्यहाँ वर्षाको सम्भावना कम छ । तर, पश्चिमी क्षेत्रमा भने अझै मनसुनी रेखा औसतभन्दा उत्तर (नेपालनजिक) रहेको छ, जसकारण केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)