ओमानलाई हराएसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमै
Ujyaaloonline.com · Tue Jul 04 00:49:50 GMT 2023
काठमाण्डाै - नेदरल्यान्ड्सले आईसीसी विश्वकप छनोटको सुपर सिक्समा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले पराजित गरेको छ । यो जितसँगै नेदरल्यान्ड्सले आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
जितका लागि ३ सय ६३ रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभरमा ६ विकेट गुमाएर २४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । त्यसअघि हरारे स्पोर्ट्रस क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६२ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)