मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुर नगरकोट सडक अवरुद्ध

barnanmedia.com · Tue Aug 06 22:56:57 UTC 2024

लगातारको वर्षापछि खसेको पहिरोले भक्तपुर–नगरकोट सडक अवरुद्ध भएको छ । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज दिउँसो चाँगुनारायण–६ मुहान पोखरी नजिक पहिरो जाँदा सडकमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

उहाँले सुरक्षा निकायसँगको समन्वयमा सडक खुलाउने प्रयास गरिरहेको बताउनुभयो । भक्तपुरबाट नगरकोट जाने वैकल्पिक सडकसमेत पहिरोको जोखिममा परेपछि नगरकोटबाट भक्तपुर आवतजावत रोकिएको छ । भोलिसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)