रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन
rajdhanidaily.com · Sun Feb 04 23:00:18 GMT 2024
काठमाडौं । रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै, आफन्तले रुसमा भर्ती भई सम्पर्कमा रहेका नेपालीहरुसँग पनि सोधखोज गरिरहेका पाइएको छ ।
सरकारले पटक–पटक रुसलाई पत्राचार गरेर नेपालीलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि दैनिकजसो नेपाली सम्पर्कविहीन भएका खबर आइरहेका छन् । विशेषगरी, युद्धमा मोबाइल ‘एल्लो जोन’मा राखेर जाँदा अहिले धेरै नेपाली सम्पर्कविहीन अवस्थामा रहेको रुसी सेनामा कार्यरत नेपाली डायमन्ड सी म्यग्देलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका ७० जनाको परिवारले अवस्था पत्ता लगाइदिन आग्रह गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)