सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना
ekantipur.com · Tue Aug 06 23:28:24 UTC 2024

चितवन — जथाभावी खनिएका ग्रामीण सडकका कारण आएको लेदोले दुइटा बस र यात्रु त्रिशूली नदीमा बगाएको सरकारले गठन गरेको कार्यदलले निष्कर्ष निकालेको छ । कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
कार्यदलले दुर्घटनास्थलभन्दा माथि पहाडी क्षेत्रमा हालसालै ग्रामीण सडक (सिमलताल–बाङ्गेसाल–डुम्रे गाउँ) खनिएको, सो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको तथा उचित इन्जिनियरिङ डिजाइनबिना सडक खनिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो छेउमा त्यसै फालेको पनि प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)