चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिंँदा पतिपत्नीको मृत्यु
thahakhabar.com
चितवन : चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकल सवार पतिपत्नी दुवै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र मोटरसाइकल पछाडि बसेकी उनकी पत्नी अन्दाजी ४० वर्षीया निनतारा श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जांँदै गरेको ना ५ ख १९० नम्बरकोे बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकललाई रत्ननगरको भानुचोकमा सांँझ ५ बजे ठक्कर दिंँदा उक्त दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)