सेयर बजारमा एकै दिन दुई रेकर्ड : १४५ अंकको गिरावट, झन्डै २४ अर्बको कारोबार
ekantipur.com · Tue Aug 06 23:45:44 UTC 2024

काठमाडौँ — नेपाली सेयर बजारमा मंगलबार एकै दिन दुईवटा नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार हालसम्मकै सबैभन्दा बढी अर्थात् एक सय ४५ अंकले घट्यो, अर्कोतर्फ सबैभन्दा बढी कारोबार अर्थात् २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको किनबेच भयो । कारोबार सुरु भएदेखि नै खरिदको तुलनामा बिक्री चाप बढी भएपछि उच्च अंकले गिरावट आएको छ ।
एकै दिन यति ठूलो अंकले सेयर परिसूचक नेप्से घटेको यो हालसम्मकै पहिलो भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । यसअघि ०७७ मंसिर २१ आइतबार एकै दिन नेप्से एक सय २३.३५ अंकले घटेको थियो । सोमबार करिब ४१ अंकले बढेर दुई हजार सात सय ९६ अंकमा बन्द भएको नेप्से परिसूचक मंगलबार एक सय ४५.०५ अंक अथवा ५.१८ प्रतिशत घटेर दुई हजार छ सय ५१.३२ अंकमा ओर्लेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)