दरदेखि दारुसम्म
annapurnapost.com · Thu Sep 09 07:05:00 GMT 2021
काठमाडौं : स्वयम्भू बस्ने शिवानी काफ्ले एक संस्थामा लेखा अधिकृत छिन्। कामको सिलसिलामा उनले विभिन्न व्यापारिक बैठकमा सहभागी हुनुपर्छ।
‘कर्ट सी’ मेन्टेनकै लागि पनि प्रायःजसो लेट नाइट चल्ने पार्टीमा जानुपर्ने बाध्यता छ। अहिले तीजको माहोल चलिरहेको छ। हरेक दिनजसो दर खाने निम्तो आइरहेकै हुन्छन्। कहिलेकाहिँ मनमिल्ने साथीहरूसँग बसेर वाइन पिउनु, मस्त भएर नाच्नुमा उनलाई आनन्द लाग्छ। तीजको पार्टीमा गएर उनको आँखाले खोज्ने चिज पनि वाइन नै हो। ‘सम्हालिएर पिउनुमा खास खुसी देख्छु। कहिलेकाहिँ पिउँदा कामको थकानबाट मुक्ति मिल्छ। नाचेर रमाइलो गरेपछि शरीरमा पुनर्ताजगी मिल्छ’, उनी भन्छिन्। महिलाहरूले रक्सी पिउनुलाई नराम्रो दृष्टिकोण बनाउन नहुने उनको तर्क छ। छोरी बुहारीले मदिरा पिउनुलाई विकृति मौलायो भन्नेहरूलाई बैंकर अमृता नेपालीको जवाफ छ ‘पिएकै आधारमा महिलाको क्षमतामाथि हल्का टिप्पणी गर्ने छुट कसैलाई छैन। त्यही चिज पुरुषले पिउँदा इज्जत बढ्ने, महिलाले पिउँदा बेइज्जत हुने भन्ने पनि हुन्छ ? अहिलेका पुस्ता घरबाहिरको हरेक काममा सबल भइसके। क्षमताकै कुरामा पनि कहीँ कतै कमजोर छैनन्। इज्जत कामको आधारमा दिनुस्। उसले पिउने मदिराको बोतलका आधारमा होइन।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)