प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा पुग्यो बस
ratopati.com
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो ।
केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए । “सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ”, उनले भने– “घोडेपानी घुम्नका लागि अब बस चढेर आउन सकिने भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)