मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् : गभर्नर अधिकारी

nayapatrikadaily.com · Tue Feb 27 00:23:00 GMT 2024

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनै पनि बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा नरहेको बताएका छन् । पछिल्लो समय बैंकहरू डुब्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भमा उनले केन्द्रीय बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरू डुब्ने अवस्थामा नरहेको स्पष्ट पारेका हुन् ।

नेपाल बैंकर्स संघ (एनबिए)ले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका हुन् । ‘कतिपय बैंक फेल हुन थाल्यो, डुब्न थाल्यो भनेर अफवाह माहोल बनाइएको छ, तर त्यस्तो अवस्था छैन,’ उनले भने, ‘बैंकहरू डुब्ने अवस्थामा छैनन्, त्यस्तो अवस्था आउन हामी दिँदैनौँ, राष्ट्र बैंकले रोक्न सक्छ ।’ यसअघि बैंक तथा वित्तीय संस्था कमजोर हुँदा पनि केन्द्रीय बैंकले जोगाएर बलियो बनाएको भन्दै उनले सर्वसाधारणलाई ढुक्क हुन आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)