मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न सामाजिक विकास मन्त्रालयले ३ करोड पचास लाख दिने
pahilopost.com · Thu Oct 15 18:12:48 UTC 2020
विराटनगर : प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ। ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो।
सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ। ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ। १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डीपीआर लगायतका काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)