अख्तियार प्रमुख राईलाई सर्वोच्चले उपलब्ध गराएको अवसर
barnanmedia.com · Wed Mar 05 22:09:35 GMT 2025

गृह प्रशासनमा प्रेमकुमार राई जति आँटिला र खरो स्वभावका भनेर चिनिन्थे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएपछि त्यो परिचय केही बदलिएको देखियो । उनले कतिपय ठूला भ्रष्टाचार प्रकरणमा हात हाल्ने आँट नै गरेनन् । कतिपय प्रकरणमा अनुसन्धान गरेर पनि मुद्दा चलाउन उनले जोखना हेरिरहे । समयमा मुद्दा नचलाउँदा तिनै भ्रष्टाचारीहरुको सञ्जालले उनका विरुद्धमा चलखेल गर्ने मौका पायो । परिणाम सामुन्ने छ, उनको नियुक्ति बदर गर्न गराउन सर्वोच्च अदालतको संवैधानिक इजलासको सर्वाधिक प्राथमिकताप्राप्त मुद्दा बन्न पुगेको छ, ५२ पदाधिकारीको नियुक्ति विवाद ।
राईलाई पदमुक्त गराउने परियोजनाको नेतृत्व पछिल्लोपल्ट नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरिरहेका छन् । त्यसमा साथ दिनेहरु शंकरदास बैरागी, वैकुण्ठ अर्याल, मधु मरासिनी, सुनील पौडेल, विकल पौडेललगायत छन् । यस समूहले बैरागीलाई नै भावी अख्तियार प्रमुख बनाउने घोषित योजनाका साथ चलखेल बढाएको छ । र, संवैधानिक इजलासबाट के फैसला आउँछ भनेर समेत उनीहरु ठोकुवा गर्दै हिँडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)