गर्भावस्थामा गरिने एनोमली स्क्यान के हो? के-के पत्ता लगाउन सकिन्छ?
swasthyakhabar.com · Wed Mar 31 00:29:00 GMT 2021
गर्भावस्था हरेक महिलाको जीवनमा आउने विशेष र जोखिमपूर्ण अवस्था हो। प्रत्येक महिलाले गर्भावस्थामा हुने परिवर्तन र जटिलताबारे ज्ञान राख्दा यसलाई न्युनिकरण गर्न सहज हुन जान्छ। समय समयमा र आवश्यक परे अनुसार गर्भावस्थामा नियमित परीक्षण गराउन जरुरी छ। गर्भ परीक्षण सँगसँगै गर्भको भिडियो-एक्सरे (अल्ट्रासाउन्ड) पनि आवश्यक परे अनुसार गरिन्छ। गर्भ २० हप्ताको हुँदा अल्ट्रसोनोग्राफीद्वारा वृस्तित रुपमा गरिने परीक्षणलाइ एनोमली स्क्यान भनिन्छ।
एनोमली स्क्यान (विसंगति/अपांगला स्क्यान) प्राय गर्भावस्थाको २० हप्तामा गरिन्छ। यो स्क्यान मान्यता प्राप्त रेडियोलोजिष्टद्वारा गरिन्छ। यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ। यसमा बच्चाको शरीरको विभिन्न अंग र भागको स्क्यान गरिन्छ जस्तै - मस्तिष्क, मेरुदण्ड, मुटु, पेट, हात/गोडा, मिर्गौला इत्यादि। यस स्क्यानद्वारा बच्चाको शारीरिक र मानसिक विकास कस्तो रुपमा भइरहेको छ भन्ने पत्ता लाग्दछ। साथै सालको अवस्था पनि थाहा हुन्छ। यो आमा र बच्चा दुवैको लागि सुरक्षित प्रक्रिया मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)