मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नियमन कमजोर हुँदा हानिकारक आँपको बिक्री बढ्दो

gorkhapatraonline.com · Thu Jun 11 11:12:47 GMT 2026

प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगाडिदेखि नै बजारमा अप्राकृतिक रूपमा पाकेका आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। प्रतिबन्धित वा स्वीकृत रसायन प्रयोग गरेर काँचो आँपलाई अस्वाभाविक तरिकाले पकाएर खुलेआम बिक्री भइरहेको हो। तर, आँपमा कस्तो रसायन प्रयोग भइरहेको छ भन्नेबारे उपभोक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन र जिल्ला अनुगमन टोली अनभिज्ञ छन्। यस्तो आँप खाँदा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भए तापनि नियमनकारी निकाय निष्क्रिय देखिन्छ।

आँपको राजधानी मानिने सप्तरी जिल्लामा यतिवेला मानवीय स्वास्थ्यका लागि हानिकारक क्याल्सियम कार्बाइड हालेको आँप खुलेआम बिक्री भइरहेको छ। जनस्वास्थ्यमा असर गर्ने यस्ता आँपको बिक्रीमा रोक लगाउन नियमनकारी निकायबाट कुनै पहल भएको छैन। कार्बाइड रसायन हालेको आँप खाँदा जनस्वास्थ्यमा गम्भीर असर गर्ने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)