नवनियुक्त राखेप उपाध्यक्ष श्रेष्ठ भन्छन्: खेलकुद क्षेत्रको विकासलाई सबै एकजुट बनौं
nagariknews.nagariknetwork.com · Thu Jun 11 11:12:12 GMT 2026

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपरसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने स्थानमा पुग्दा थप जिम्मेवारीवोध महसुस भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्न पाउनु ठूलो अवसर रहेको बताएका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर श्रेष्ठले विगत दुई दशकदेखि खेलकुदमा रहेर देशको प्रतिनिधित्व गर्ने शौभाग्यपछि यसै क्षेत्रको विकासमा काम गर्न यो जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद र आभार व्यक्त गरे । यो पदमा रहँदा सम्पूर्ण खेलकुद संघसँग समन्वयन गरी खेल विकासका लागि नेपाल सरकारसँग सहकार्य गरी अगाडि बढ्ने उनको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल सुपर लिग