दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
nagariknews.nagariknetwork.com · Thu Jun 11 11:10:43 GMT 2026

यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत २१ लाख भन्दा बढी रकम वितरण गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो। गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन्। उत्पादनका आधारमा प्रति लिटर रु छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)