अनधिकृत प्रहरी बिट हटाइँदै
newsofnepal.com · Thu Feb 23 01:02:14 GMT 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ ।
यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट हटाएको थियो । कामपाले बाटो र सडक ओगटेर निर्माण भएका संरचना हटाउने क्रममा विभिन्न क्षेत्रका बाटो र पेटीमा प्रहरी बिट निर्माण गरेको भेटिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो– ‘प्रहरीले कामपालाई बिनाअनुमति र बिनाजानकारी प्रहरी बिट राखेपछि हटाउने तयारी गरेका हौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)