अमेरिकी सेना प्रमुखको दाबी– रुसले किभ ७२ घन्टामा कब्जा गर्छ
baahrakhari.com · Sun Feb 06 17:13:00 GMT 2022
वासिङटन । अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल मार्क मिल्लीले अमेरिकी विधायकहरूलाई यदि रुसले युक्रेनमाथि पूर्ण चरणको आक्रमण सुरु गरेको खण्डमा केवल ७२ घन्टाभित्र राजधानी किभमा नियन्त्रण जमाउने जानकारी दिएको कुरा कंग्रेसको विभिन्न सुत्रले फोक्स न्युजलाई बताएका छन् ।
गत २ र ३ फ्रेब्रुअरीमा विधायकहरूलाई गोप्य रूपमा व्रिफिङ गर्ने क्रममा मिल्लीले त्यस आक्रमणको दौरान करिव १५ हजार युक्रेनी र ४ हजार रुसी फौजको मृत्यु हुने पनि अनुमान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)