मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘एआईले स्वर त निकाल्ला तर गायक-गायिकाको मुटुबाट निस्कने फिल दिन सक्दैन’

ratopati.com · Thu Jun 11 11:15:00 GMT 2026

काठमाडौँ । गाउनु आफैंमा अद्भूत कला हो, त्यससँगै महत्त्वपूर्ण हुन्छ गीतमा ‘फिल’ । गायक प्रमोद खरेल को हकमा यी दुवै कुरा एकाकार भएर आउँछन् । उनी जति अब्बल ढंगले गाउँछन्, त्यति नै गीतमा हृदयबाटै ‘फिल’ दिन्छन् । चाहे ‘म बिना कसैकसैलाई होस्’ वा ‘किन शंका गर्छौं’, ‘ओए झुम्मा’ होस् कि ‘यो कुरा गोप्य’ । अनि ‘म बाँचेकै’ नै किन नहोस् र भर्खरै सार्वजनिक ‘सलल कर्णाली’मा । हरेक शैलीका गीतमा उनी फिट छन् ‘फिल’सहित ।

प्रमोद खरेल स्टेजमा कति हो कति चढे । गाउँका कुना-कन्दरादेखि देश-विदेशका भव्य कन्सर्टमा उनी जबरजस्त गुन्जिन्छन् । यसबेला उनी आफू मात्रै होइन, दर्शक-श्रोतालाई गीतका भावमा डुबाउँछन्, नचाउँछन् । पछिल्लो समय स्टेजका यी ‘पर्याय’ले आफ्नो प्रस्तुतिमा थप जीवन्तता ल्याउने कोसिस गरिरहेका छन् ब्यान्डमार्फत । ‘प्रमोद एन्ड परम्परा’ नाम दिएर उनले आफ्नै सांगीतिक ब्यान्ड निर्माण गरेका छन् । यससँगै उनले आफ्नो अठोटलाई पनि तीव्र ढंगले कार्यान्वयन गरिरहेका छन् । यसको अर्थ, अहिले कुनै पनि कन्सर्ट वा मेला-महोत्सवमा प्रमोद खरेल एक्लै प्रस्तुति दिन जाँदैनन्, ‘प्रमोद एन्ड परम्परा’कै त्यहाँ उपस्थिति हुनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)