मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चापाकोटमा ट्रिपर दुर्घटना, एकको मृत्यु, एक घाइते

annapurnapost.com · Thu Jun 11 11:10:12 GMT 2026

स्याङ्जा : चापाकोट नगरपालिका–४ मल्याङकोटमा भएको ट्रिपर दुघटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर उकालो चढ्दै गर्दा चिप्लिदा एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ चापाकोट –४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिँदा ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका –५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएको र उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)