मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशी महिला टोली नेपालमा

rajdhanidaily.com · Mon Sep 06 23:47:29 GMT 2021

काठमाडौं । नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली सोमबार नेपाल आइपुगेका छन् । टोलीलाई महिला समितिकी अध्यक्ष बृन्दा देवान, वुमन्स कमिटीकी संयोजक पेमा लामा, एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलगायतले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । मैत्रीपूर्ण खेल पहिलो बिहीबार र दोस्रो आइतबार हुनेछ ।

महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । जसमा ७ नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले एसिया कप छनोटको तयारीका सिलसिलामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले हङकङ र फिलिपिन्ससँग अर्काे महिना खेल्दैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)