मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किसान परिचयपत्र उपलब्ध गराउन माग

lokaantar.com · Wed Dec 20 00:14:03 GMT 2023

इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

इच्छाकामना–५ तामिनमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका रामप्रसाद बोहोराले वास्तविक किसान सामु अनुदान नपुग्दा अनुदानका कार्यक्रम उपलब्धिमूलक नभएको बताए । 'गत असारमा इच्छाकामनामा पाँच हजार वटा सुन्तलाको बिरुवा वितरण गरियो, तर अहिले ती बिरुवा पाएका किसानले कति बिरुवा रोपेर बचाएर राखेका छन्, कुनै हिसाबकिताब छैन, कतिले त रोपेकै छैनन् । त्यतिकै सुकाएर फालेका छन्,' उनले भने, 'वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्छ । त्यसका लागि गाउँपालिकाले किसानको पहिचान गरी परिचयपत्र उपलब्ध गराउनुपर्छ ।' अनुदान उपलब्ध गराएपछि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने बोहोराको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)