फोक्सोलाई राहत दिने काभ्रेस्थली हाइकिङ (फोटो फिचर)
ekagaj.com · Sat Apr 10 16:34:51 GMT 2021
काठमाडौैँ : धुँवा, धुलो र प्रदूषणको अर्को नाम हो, काठमाडौँ । बढ्दो प्रदूषण र धुलोका कारण मास्क लगाइरहनुपर्ने बाध्यताले काठमाडौँलाई ‘मास्कमाण्डु’ नै बनाइसकेको छ । त्यसमाथि अहिले थपिएको कोभिड - १९ महामारीले काठमाडौँमा सास फेर्न झन् मुश्किल छ । केही दिन यता बढेको वायु प्रदूषणले आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या झनै बढायो ।
यस्तै उकुसमुकुस काठमाडौँमा राहत पाइने ठाउँमध्येको एक हो, काभ्रेस्थली । काठमाडौँको बालाजुदेखि तीस मीनेटमै आठ किलोमीटरको यात्रा गरेर पुग्न सकिने काभ्रेस्थली फोक्सोलाई राहत दिने ‘हाइकिङ स्पट’का रुपमा परिचित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)