मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेष संसदीय छानबिन समिति : पहिलो दिन न बैठक, न सम्पर्क

nayapatrikadaily.com · Fri Jul 08 00:22:00 GMT 2022

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय समितिको पहिलो दिन यत्तिकै बितेको छ । बुधबार बनेको विशेष संसदीय छानबिन समितिको आइतबार बैठक बसेन र कहिले बस्ने भन्नेबारे समेत समिति सदस्यले जानकारी पाएका छैनन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम गठन गरिएको समितिलाई कार्यप्रारम्भ भएको मितिबाट १० दिन मात्रको समयावधि रहेको छ । त्यस्तै, समितिले नै सभापति चयन गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, पहिलो बैठक बस्न नसक्दा सभापति चयन र कार्यविधि बनाउने काम हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)