सर्वोच्चमा परेको निवेदन बिना कारण दर्ता नगरेकोप्रति नेपाल बारको ध्यानाकर्षण
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्याउने कार्य भएको ठहर गरेको छ ।
बारको सोमबार बसेको आकस्मिक बैठकले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएको र त्यसउपर परेको निवेदनसमेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)