दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
barnanmedia.com · Thu Jun 11 11:15:03 GMT 2026

यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत रु २१ लाख भन्दा बढी रकम वितरण गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा रु २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन् । उत्पादनका आधारमा प्रति लिटर रु छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)