मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रोएसिया रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ

barnanmedia.com · Fri May 09 21:47:46 GMT 2025

क्रोएसियामा रोजगारी दिलाइदिने भन्दै आर्थिक ठगी गर्ने एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार ४३ वर्षीय गुमान सिंह तामाङलाई काठमाडौँ महानगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको हो।

तामाङले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया रोजगारीमा पठाइदिने भन्दै एक जनासँग १ लाख ७५ हजार रुपैयाँ लिएका थिए। तर, लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले जाहेरी दर्ता गराएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)