बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ?
rajdhanidaily.com · Tue Nov 18 22:58:01 GMT 2025
धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो, नेपाल । यहाँ विभिन्न जाति, भाषा र धर्मका मानिस बसोबास गर्छन् । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको देशमा थुप्रै पर्व तथा उत्सव मनाइन्छन् । तीमध्ये बालाचतुर्दशी पनि प्रमुख धार्मिक पर्व हो । यो पर्व विशेषगरी काठमाडौं उपत्यकामा रहेको पशुपतिनाथ मन्दिर परिसरमा मनाइने गरिन्छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यसलाई ‘शतबीज छर्ने पर्व’ भनेर पनि चिनिन्छ । यसदिन भक्तजन दिवंगत पितृको सम्झनामा सात प्रकारका अन्न (शतबीज) छर्ने गर्छन् ।
बालाचतुर्दशी नामकरण बाला र चतुर्दशी दुई शब्दबाट मिलेर बनेको छ । यसमा ‘बाला’ भनेको ‘बालक वा सानो बच्चा हो’ भने ‘चतुर्दशी’ भन्नाले कृष्णपक्षको १४औं तिथि हो । यस पर्वको उत्पत्ति तथा महŒव’bout विभिन्न किंवदन्ती प्रचलित छन् । यो पर्व मृतात्माको शान्तिका लागि गरिने विशेष अनुष्ठान हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)