मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

barnanmedia.com · Fri May 09 21:55:57 GMT 2025

नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उहाँलाई अवार्ड हस्तान्तरण गर्नुभयो ।

यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसक्नुभएको छ । बागलुङकी उहाँ सन् २००० मा सिड्नीमा भएको २७औँ ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)