मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पञ्चेश्वर निर्माणमा भारत सकारात्मक : प्रधानमन्त्री 

nayapatrikadaily.com · Fri Dec 09 00:57:00 GMT 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणमा भारत सकारात्मक रहेको बताएका छन् । धनगढीमा सञ्चालित १० दिने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका ठूला आयोजनाहरूलाई अगाडि बढाउन सरकार लागिपरेको बताए । पश्चिम सेती, रानीजमरा र महाकाली सिँचाइ आयोजना, कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण, महाकाली करिडोरजस्ता ठूला योजना सरकारले अगाडि बढाएको उनले बताए ।

भारतीय कम्पनीलाई पश्चिम सेतीको लाइसेन्स दिइएको उल्लेख गर्दै उनले यसको निर्माण अगाडि बढ्ने बताए । ‘पश्चिम सेतीको लाइसेन्स भारतीय कम्पनीलाई दिइसकिएको छ । त्यो भरपर्दो कम्पनी हो,’ उनले भने, ‘आशा छ, त्यो अगाडि बढ्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)