क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन
barnanmedia.com · Fri May 09 22:36:50 GMT 2025

काठमाडौँ, २७ वैशाखः फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने पाथीभरा बहुमुखी क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।
क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीको मागलाई मध्यनजर गर्दै स्थानीय तहसँगको सहकार्यमा आगामी जेठ १ गतेदेखि निःशुल्क कक्षा सञ्चालन गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा बाहिरका अन्य इच्छुक विद्यार्थीले पनि तयारी कक्षामा सामेल हुन पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)