चितवनमा न्युक्लियर मेडिसिन सेवा सुरु
baahrakhari.com · Mon Dec 21 18:10:00 UTC 2020
भरतपुर । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो ।
कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ । अमेरिका, बेलायत र क्यानाडाजस्ता देशमा समेत सर्वसुलभ रूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)