छैटौं भूकम्पको सम्झना र पुनःस्थापना
rajdhanidaily.com · Thu Apr 29 23:30:28 GMT 2021
झन्डै ८६ वर्ष पहिले १९९० सालअघि नेपालमा गएको महाभूकम्पको चर्चा अहिलेसम्म पनि उत्तिकै छ । देशमा त्यतिबेला भूकम्प रेकर्ड गर्ने प्रविधि भित्रिएको थिएन । त्यसको करिब ३४ वर्षपछि २०३४ सालमा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुलचोकी डाँडामा एउटा भूकम्प मापन गर्ने यन्त्रको स्थापना गरी नेपालमा भूकम्पको निगरानी सुरु गरिएको थियो । फलतः त्यसैगरी २०७२ वैशाख १२ गते दिनको १२ बजेतिर नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक साल वैशाख १२ गतेलाई सम्पूर्ण देशवासीले ठूलो विनासकारी भूकम्पले समस्या आइपरेको थियो । यस दिनलाई प्रत्येक वर्ष सम्झने गरिन्छ । जुन प्रत्येक सय÷सय वर्षको अन्तरालमा मात्र नेपालमा ठूलोठूलो भुइँचालो जान्छ भन्ने पूर्वअनुमान गलत हो । किनभने हाम्रो देशमा ६ वर्ष, १० वर्ष, ६० वर्ष, ८० वर्षको समय अन्तरालमा पनि ठूल्ठूला विनाशकारी भूकम्प गएका उदाहरण छन् ।
त्यसैगरी काठमाडौं उपत्यका भूकम्पीय जोखिममा ११औं स्थानमा रहेको र अति संवेदनशील क्षेत्र पनि हो भनेर विज्ञहरूको मत रहेको विभिन्न सञ्चार माध्यममा आइरहेकै छ । वस्तुतः हाम्रो देशमा भूकम्पको त्यति लामो इतिहास त छैन तर पनि अभिलेखका आधारमा हेर्ने हो भने सन् १२५५ जुन ७ का दिन ७.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । जुन प्रकोपमा काठमाडौं उपत्यकामा १ तिहाइ मानिसको ज्यान गएको र तत्कालीन राजा अभय मल्लको पनि ज्यान गएको थियो । त्यसैगरी राजा जयदेव मल्लको पालामा अर्थात् सन् १२६०, राजा श्रीनिवास मल्लको समय सन् १६८२ र सन् १८१०, राजा गिर्वाणविक्रम शाहको समय सन् १८२३ र सन् १८३३ मा गएको भूकम्पले काठमाडौंलाई थुप्रै क्षति पु¥याएको थियो भने त्यसैगरी धरहरासमेत भाँचिएको, ठिमी र भक्तपुरका प्रायः घर क्षतिग्रस्त भएका थिए भने राज्यभर करिब १८ हजार घर भत्किएका थिए । जुन तत्कालीन समयको हिसाबले व्यापक क्षति मान्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)