सचेत गराउँदै फर्किए भूगर्भविद्: कहाँ छ गाडी ?
rajdhanidaily.com · Fri May 09 23:28:36 GMT 2025

मकवानपुर हेटौंडा–१६ मा गत १९ वैशाख शुक्रबारका दिन ना४च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि नै हरायो । ‘गाडी सहजै भेटिएला !’ भन्ने थियो तर भेटिएन । दिन बित्दैजाँदा गाडी नै त्यहाँ नभएको हुनसक्ने आशंकादेखि अनेक अन्दाज बाहिरिए । एक साता बित्दा बल्ल गाडी ‘त्यही“ रहेको’ भन्ने’bout खानी तथा भूगर्भ विभाग टोलीले प्रस्ट पा¥यो । सो टोलीले लगातार दुई दिन लगाएर गरेको अनुसन्धानपछि दोस्रो दिन बुधबार गाडी ६ मिटर तल रहेको जानकारी दिएर फर्केको छ । घटना अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभाग टोलीले मंगलबार र बुधबार प्रारम्भिक अनुसन्धान गरेको थियो । तर, सो स्थानमा बस्न ‘आफूहरू नै असुरक्षित भएको’ बुझेर भूगर्भविद् टोली अनुसन्धान नै स्थगित गरी काठमाडौं फर्किएको छ । गाडी भासिएको स्थानको खाडल झन् ठूलो हुँदै गएकाले जोखिम बढेको छ । ‘यहाँ रहेर अनुसन्धान गरिरहनसमेत उच्च जोखिम रहेको’ भन्दै टोली अनुसन्धान नै स्थगित गरेर फर्किएको हो । त्यस स्थान आसपास बस्दै आएका स्थानीयलाई समेत ‘सचेत हुन’ टोलीले सुझाएको छ ।
भूगर्भविद् नारायण अधिकारी नेतृत्वको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्र परीक्षण गरेको छ । प्रारम्भिक कार्य सम्पन्न गरी बुधबार काठमाडौं फर्किएको टोलीले संकलन गरेका तथ्य र नमुना प्रयोशालामा परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जनाएको छ । यसअघि, भूगर्भविद् टोलीले मंगलबार साँझ भासिएको गाडीको स्थान पत्ता लगाएको थियो । मंगलबार बिहानबाट काम थालेको टोलीले साँझ मात्रै सम्भावित ‘लोकेसन’ पत्ता लगायो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)