मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थी र सशस्त्र प्रहरीबाट आगो नियन्त्रण

rajdhanidaily.com · Fri May 09 23:36:18 GMT 2025

स्याङ्जा । खुला चौरभरी विद्यार्थी र शिक्षकहरु, साथमा सशस्त्र प्रहरीको एक टुकुटी । विद्यार्थीहरु, शिक्षकहरु र सशस्त्र प्रहरीको घेरभित्र रहेको खुला चौरमा बिचमा ग्याँस सिलिण्डर । उक्त सिलिण्डरमा एक्कासी आगो लाग्छ अनि विद्यार्थी शिक्षकहरु तितरवितर हुन्छ । साथमा रहेको सशस्त्र प्रहरीको टुकुडीले नआत्तिनुहोस भन्दै भागाभाग गर्न लागेका विद्यार्थीहरु र शिक्षकहरुलाई सम्झाउने प्रयास गर्छ । सशस्त्र डराउनु पर्दैन भनेपछि विद्यार्थी र शिक्षकहरु टक्क अडिएर सिलिण्डरमा लागेको आगो हेर्छन् ।

सशस्त्र प्रहरीले सिलिण्डरमा लागेको आगोलाई सजिलो तवरबाट निभाउने काम गर्छ अनि अब सिलिण्डर नपड्कने भयो भनेर शिक्षक विद्यार्थीहरु ढुक्क हुन्छन् । यो स्याङ्जाको पुर्णामृत भवानी माध्यमिक विद्यालयको दृष्य हो । १६६ औं विश्व रेडक्रस दिवसको अवसरमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापन ’bout सचेतना प्रशिक्षण कार्यक्रममा प्रदर्शनी गरेको डेमो हो । विद्यालय वरीपरीका अभिभावकले स्कुलमा आगो लागेको होकी भन्ने जस्तोगरी प्रदर्शनी गरेको डेमो विद्यार्थीका लागि निकै आकर्षण र चाखलाग्दो थियो । सशस्त्र प्रहरी बल ३० नं. गुल्मले विश्व रेडक्रस दिवसको अवसरमा विद्यार्थीहरुलाई प्रयोगात्मक मार्फत कसरी विपद् व्यवस्थापन र आगो नियन्त्रण गर्न सकिन्छ भनेर डेमो प्रदर्शनी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)